भूकम्पको हल्ला फैलिएपछि कर्णालीवासी रातभर जाग्राम

भूकम्पको हल्ला फैलिएपछि कर्णालीवासी रातभर जाग्राम

केन्द्रबिन्दु
0
Shares

कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा आइतबार रातभर बाहिर बसेका छन्।

भूकम्पको हल्ला फैलिएपछि त्यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए। मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन्।

जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए।  

Skip This
Skip This
Logo