राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर रास्वपाका सभापति लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने जानकारी गराएका हुन् । ‘प्रधानमन्त्रीसँगको छलफल सकारात्मक देखिएन । साँझसम्ममा प्रधानमन्त्रीले हामीलाई गृह दिने निर्णय नगरे सरकारबाट बाहिरिने सम्भावना छ’ रविको सचिवालयका एक सदस्यले भने ।
उनका अनुसार साँझ पत्रकार सम्मेलन गरेर सरकार छोडेको जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाले गरेको छ ।
नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गरिकताको प्रमाणपत्र लिएसँगै पार्टी सभापतिमा चयन भएका लामिछाने पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ गरिरहेका छन् ।
अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् । माओवादी केन्द्रभित्र अधिकांश नेताहरू रास्वपालाई गृह मन्त्रालय दिन नहुने पक्षमा रहेका छन्। प्रधानमन्त्री प्रचण्ड पनि तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा छैनन् ।































प्रतिक्रिया