महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा नै समस्या आउँदा कतिपय नागरिकहरुले भोट हाल्न नपाएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै बुधबार महान्यायाधिवक्ता पोखरेलले यस्तो बताएका हुन् । उनले निर्वाचनमा कसलाई सहभागी हुन दिने र नदिने भन्नेबारेमा पनि कतिपय प्राविधिक समस्या आएकाले यी कुराहरुलाई आगामी दिनमा स्पष्ट बनाएर जान आवश्यक रहेको बताए । विदेशमा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था गर्ने आदेश सर्वोच्च अदालतले दिइसके पनि व्यवहारिक रुपमा इन्स्योर भएको अनुभुति हुन नसकेको उनले बताए ।
महान्यायाधिवक्ता पोखरेलले समानुपातिक निर्वाचन प्रणालीमा विकृत अभ्यास भइरहेको गुनासो बढीरहेको भन्दै यसलाई समयमा नै समाधान गर्न आवश्यक पहल गर्नुपर्ने बताए ।































प्रतिक्रिया