पछिल्ला २४ घन्टामा तीन जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

पछिल्ला २४ घन्टामा तीन जनामा कोरोना पुष्टि, कति छन् सक्रिय संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

पछिल्ला २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

Skip This
Skip This
Logo