दोलखाको कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर नष्ट

दोलखाको कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन् ।

बुधबार राति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगो रुद्र बहादुर ओलीको घरबाट सुरु भएको जनाइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण भने खुल्न सकेको छैन । आगलागीका कारण लाखौँको क्षति हुनुमा साथै पशु चौपाया पनि मरेको स्थानीयले बताएका छन् । 

Logo