रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार पार्टीको केन्द्रीय कार्यालय धुम्वाराहीमा दिउँसो ३ बनेका लागि संयुक्त बैठक बोलाइएको हो । पूर्वसहमतिअनुसार रास्वपालाई गृहमन्त्री दिन प्रधानमन्त्रीले आनाकानी गरेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।

गत साता सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेवास्ता गर्दै आएका छन् । 

Logo