सूर्यविनायकमा जंगलमा लगेर बालिका र युवतीकाे बलात्कार, दुईजना पक्राउ

सूर्यविनायकमा जंगलमा लगेर बालिका र युवतीकाे बलात्कार, दुईजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर सूर्यविनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । 

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुगु सोरु गाउँपालिकाका २१ वर्षीय भक्त नेपालीलाई भक्तपुरको बाँसबारीबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार बुधबार साँंझ ६ बजे  मुगु घर भई हाल काठमाडौँ थानकोट बस्ने १५ बर्षीय बालिकालाई बलात्कार गरेर फरार भएका भक्तलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । 

साथै मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप हुम्ला अदानचुली गाउँपालिका–३ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

गगनलाई भक्तपुर प्रहरीले जगातीबाट पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भैरहेको जनाइएको छ ।

Logo