सरकारबारे निर्णय लिन रास्वपाको बैठक जारी

सरकारबारे निर्णय लिन रास्वपाको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्वाराहीमा केहीबेर ढिला गरी बैठक बसेको हो । 

आजको बैठकले पार्टी सरकारमा रहने वा नरहने भन्ने महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । गृहमन्त्रालय नपाएपछि रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने संकेत गरेको छ। 

No description available.गत साता सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । 

Logo