बानेश्वरमा बाबुछोरी मृत फेला, हत्यापछि आत्महत्याको आशंका

बानेश्वरमा बाबुछोरी मृत फेला, हत्यापछि आत्महत्याको आशंका

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् ।

छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए ।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

Logo