नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा नेता मुकुन्द न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम चलिरहँदा नेता न्यौपानेले ३३ बुँदे फरक मत प्रस्तुत गरेका हुन्।
नेता न्यौपानेले परिर्वतनको आन्दोलनलाई जनताको जिवनमा समृद्धिको उचाइमा पु-याउने हो भने पार्टीले जनताको इच्छा, आवश्यकता र भावनालाई आत्मसातगर्न सक्नुपर्छ र त्यसै अनुरुप आफ्नो संगठनलाई परिचालन गर्न सक्नुपर्ने बताएका छन् । साथै उनले आफ्नो ईच्छाहरु पुरा गर्न जनतालाई उपयोग गर्ने आचरणबाट दलको नेतृत्व मुक्त हुनुपर्नेसमेत बताएका छन् ।
प्राप्ति कि परिर्वतन भन्ने नै एकीकृत समाजवादीभित्र आजको झगडाको मूल जरो भएको बताएका उनले आफ्नो कमजोरी पटक्कै नदेख्ने र अर्काको कमजोरीमात्र खोजी हिँड्ने शैलीतर्फ उन्मुख रहेको उल्लेख गरेका छन् । ‘एउटा भनाई छ- आफ्नो दलानमा थुप्रिएको फोहोर सफा गर्न नसक्नेले अर्काको आँगनमा रहेको कसिब्गरतर्फ औँलो उठाउनुको कुनै औचित्य रहँदैन् ।’































प्रतिक्रिया