संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सो विषयमा जानकारी गराएका हुन् । उनले उक्त दिनको प्रतिनिधि सभाको बैठकमा संघीय संसद दुवै सदनका सांसदहरुलाई २ः४५ बजे नै सभामा निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरे । उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने बताए ।
प्रतिनिधि सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको तर्फबाट खानेपानी मन्त्री अब्दुल खानले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०७९ असोज मसान्तसम्म रहेकोमा ती आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेकाले वि.सं.२०८० साल असार मसान्तसम्म उक्त आयोगहरुको म्याद थप गर्नेगरी नेपाल सरकार मन्त्रीपरिषद्को असोज २८ गते बसेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गरे ।
प्रतिनिधि सभाको अर्को बैठक माघ २७ गते शुक्रवार दिनको ५ बजे बस्नेछ ।































प्रतिक्रिया