‘रवि लामिछानेले १२ भाइ मिडिया मठ सल्काइदिएका छन्’ -वरिष्ठ पत्रकार पाण्डे

‘रवि लामिछानेले १२ भाइ मिडिया मठ सल्काइदिएका छन्’ -वरिष्ठ पत्रकार पाण्डे

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिलाई सञ्चारमाध्यमले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत वरिष्ठ पत्रकार पाण्डेले सञ्चारमाध्यममा भैरहेको विकृतीप्रति लामिछानेको कयौँ कुरा आवेगी भएता पनि आत्मनिरीक्षणको मौका पनि भएको बताएका हुन् । उनले लेखेका छन्, ‘आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले १२ भाइ मिडिया मठ सल्काइदिएका छन्। उनका कयौँ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरीक्षणको मौका पनि हो।’ 

सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले केही सञ्चारमाध्यमहरुले आफूलाई विनाप्रमाण खेदेको भन्दै आक्रोश पोखेका थिए । उनले भनेका थिए- ‘सम्पादकज्यूहरु, यदि देश चलाउने हो भने तपाईंहरु चुनाव लड्न आउनुस् । चितवनमा उपनिर्वाचन हुँदैछ । कैलाश सिरोहिया आउने हो कि, अमित ढकाल आउने हो कि रामेश्वर थापा आउने हो ? तर, तपाईंहरुले देश चलाउने होइन । इथिक्स तपाईंहरुलाई पनि लाग्छ । अदालतलाई प्रभाव पार्न एउटै कुरा ४-५ पटक निरन्तर तपाईंले लेख्नुभएको छ । कान्तिपुरमा जे लेख्यो, त्यसपछि अर्को भाइतिर सर्छ । त्यसपछि अर्का फाच्चफुच्चे भाइहरु पनि निस्केका छन् ।’

Skip This
Skip This
Logo