मुस्ताङमा आगलागीबाट एक घर जलेर नष्ट

मुस्ताङमा आगलागीबाट एक घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीको एक घरमा आगलागी भएको छ ।

आइतबार दिउँसो पौने ५ बजे अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको बताए । आगलागीबाट मानवीय क्षति भएको छैन । 
 

Logo