शीर्ष स्थानको बार्सिलोनालाई ८ अंकको अग्रता

शीर्ष स्थानको बार्सिलोनालाई ८ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि जोडी अल्बा, गाभी र राफेनाले एक–एक गोल गरे  । घरेलु मैदान क्याम्प नाउमा पहिलो हाफ भने बार्सिलोना बराबरीमा रोकिएको थियो । ५८ औं मिनेटमा जोडी अल्बाले गोल गर्दै बर्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ७० औं मिनेटमा गाभीले अग्रता दोब्बर बनाएका थिए भने ७९ औं मिनेटमा राफिनाले गोल गरेपछि बार्सिलोनाले ३–० को सहज जित निकाल्न सफल भयो ।

जितसँगै बार्सिलोना २० खेलमा ५३ अंकसहित शीर्ष स्थनानमा रहँदा समान खेलबाट रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बार्सिलोनासँग पराजित भएको सेभिल्ला भने १६ औं स्थानमा रहेको छ । 

Skip This
Skip This
Logo