मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जिउँदो विशालु सर्पलाई आफ्नो मुखभित्र हालेर ‘स्टन्डवाजी’ गर्दा भारतका एक साँप उद्धारकर्मीको मृत्यु भएको छ । एक स्थानियको घरमा बिशालु सर्प पसेपछि उद्धारका लागि बोलाइएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’ गर्दै गर्दै साँपले डसेर मृत्यु भएको हो ।

समाचार अनुसार सन्तोषले विशालु सर्पलाई पक्रेपछि आफ्नो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा लपेट्ने जस्ता अनेक हर्कत गरिरहेका थिए । साँपलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाईरहेका थिए । 

सर्प विशालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानियले अनुरोध गर्दा पनि उनले ‘स्टन्डवाजी’ गर्न छाडेनन् । यसअघि उद्धार र पक्राउ गरिएका सापहरुलाई खेत तथा जंगलतिर छाड्ने गरेपनि उक्त साँपलाई जंगल तिर नछाडेर कपडाले बेरेर आफ्नो घरतर्फ लगे । अन्ततः ‘स्टन्डवाजी’ गर्दागर्दै उक्त सापले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानिय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई मृत्यु भएको घोषणा गरिदिएका थिए ।

Skip This
Skip This
Logo