आइतबार रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पनि सरकारबाट बाहिरिदै गर्दा गरेको पत्रकार सम्मेलनमा मिडियाका बाह्र भाइको कुरा गरेका थिए । सम्भवतः मुलुकका १२ ओटा मिडियाले उनी लक्षित गरेर नागरिकता र पासपोर्टसम्बन्धि समाचार निरन्तर लेखेपछि यी १२ मिडियाप्रति रवी आक्रोशित भएका थिए । उनले लक्षित गरेका १२ भाई पत्रकारमध्ये पत्रकार ऋषि धमलाको पनि नाम लिएका थिए । त्यसलगत्तै पत्रकार धमलाले आफूलाई १०३ डीग्रीको ज्वरो आएको बताएका थिए ।
धमलाको प्रतिक्रियापछि अहिले सामाजिक सञ्जालमा आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबाले फेसबुकमा “ऋषि धमलालाई ११० को ज्वरो आउने अब म बनाउँछु” भन्दै स्टाटस लेखिन् । जुन अहिले सामाजिक सञ्जालभरि भाइरल भइरहेको छ । त्यसपछि मिडियामा अन्तरवार्ता दिएकी उनले फेरी अर्को स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक–अर्कामा टिकाटिप्पणी मिडियामा आएको कुरा सत्य हो । म कानुनी रुपमा जाँदैछु । म मर्छु तर सत्य कुरा गर्न डराउँदिन । यो कुरा ध्यान आकर्षण होस् ।”
उनले अन्तरवार्तामा धमला पत्नी एलिजा गौतम क्यानडा जाँदा आफू धमलाको घरमा बस्ने गरेको समेत बताएकी छिन् । यो कुरा ऋषि धमलाको ड्राइभर लगायत अरु धेरैलाई थाहा भएको समेत उनको दाबी छ । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको वाइबाको आरोप छ । उनले आफ्नो र धमलाको सम्बन्धबारे धमला पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन् ।
यता एलिजाले भने मंगलबार दिउँसो फेसबुकमा स्टाटस राख्दै जिन्दगीमा आँधी बेहरी आएपनि पति धमलाको साथ नछोड्ने बताएकी छिन् । उनी लेख्छिन्- “जिन्दगी मा कहिले आधी आउछ कहिले हुरी आउछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडी बढेको हाम्रो जिवन सात जुनी सम्म हजुर लाई पाउम भगवान सँग प्रथाना गर्छु । आइ लव यु, ह्याप्पी रोज डे मेरो बुडा ।”
शर्मिलाले भने आफ्नो र धमलाको बिहेको प्रमाण आफूसँग भएको र आफू धमलाको पहिलो पत्नी भएको समेत दाबी गरेकी छिन् । उनको आरोप पुष्टि हुने/नहुने भने समयले बताउला ।































प्रतिक्रिया