गण्डकी र पुर्वी पहाडमा हिमपातको सम्भावना, यस्तो छ आजको मौसम

गण्डकी र पुर्वी पहाडमा हिमपातको सम्भावना, यस्तो छ आजको मौसम

केन्द्रबिन्दु
0
Shares

हाल देशका पहाडी भु-भागमा आन्शिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Logo