सुदुरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

सुदुरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
0
Shares

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २६ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताबीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानीका गरिरहेका बेला रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो । नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Skip This
Skip This
Logo