जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौँको तीनकुनेमा जीप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार बिहान साढे ३ बजे मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि बसेका सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको छ । बिहान करिब ३ बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र कुखुरा बोकेको प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप ठोक्किएका थिए। 

Logo