सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा किनबेच भएको थियो।

Logo