उपप्रधानमन्त्री पौडेलसँग युएसएआईडी प्रमुख सामन्थाकाे शिष्टाचार भेट

उपप्रधानमन्त्री पौडेलसँग युएसएआईडी प्रमुख सामन्थाकाे शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । 

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् । 

उनले यसअघि मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । 

दुई दिने नेपाल भ्रमणमा मंगलवार काठमाडौं आइपुगेकी युएसएआईडी प्रमुख सामन्था आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन् । 

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुन् । 

Skip This
Skip This
Logo