कोरियन मोबाइल ब्राण्ड सामसङको ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ नेपाली बजारमा सार्वजनिक भएको छ।
होटल हायतमा एक कार्यक्रमका बीच सो सिरिजका मोबाइलहरुको अन्भेल सामसङ्गका सह उपाध्यक्ष सुङ जुनपार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, लोकप्रिय नायक अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियंका रानीजोशीद्वारा संयुक्त रुपमा प्रस्तुत गरिएको हाे ।
ग्यालेक्सी एस २३ अल्ट्रा (१२/जीबी)को मूल्य नेपाली बजारमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, एस २३ प्लस (८/२५६ जीबि)को १ लाख ५१ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २३ (८/२५६ जीबि)को १ लाख २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ।
सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने कम्पनीको दाबी छ। साथै परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न पनि सकिने छ। ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ चिपस चिपसेटका साथ उपलब्ध मोबाइल गेमिङ अनुभवमा शक्तिशाली रहेको दाबी कम्पनीले गरेको छ।
सो क्रममा सामसङ्गका निर्देशकश्री प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथहाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मात दिन सक्दैन । हामी नेपालमाग्यालेक्सी एस२३ प्रस्तुतगर्न पाउँदाअत्यन्तउत्साहितभएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ।”
साथै सामसङले ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को नेपालमा प्रिबुकिङ पनि खुलाएको छ। ‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ’, सामसङले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ।































प्रतिक्रिया