सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज

केन्द्रबिन्दु
0
Shares

सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिदैँछन्।

एक महिनाअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले बिहिबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह बिहिबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजिनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहिबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ।

सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन्। रेशम लाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफ्नो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

Logo