टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघेको छ।

भूकम्पमा परेर क्षतिग्रस्त भएका भग्नावशेषहरु पन्छाउने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्। टर्कीको प्रकोप एजेन्सीले आफ्ना १७ हजार ४ सय भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ। त्यस्तै सिरियामा भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय १७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

उद्दारको प्रयास जारी रहेका बेला टर्कीका विभिन्न सहरबाट हजारौं सर्वसाधारणलाई घरबाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ। भूकम्प गएलगत्तै विभिन्न दातृ निकायलगायतका संघ संस्था र मुलुकहरुबाट भूकम्प प्रभावितहरुका लागि विभिन्न सहायता सामग्री संकलन हुने क्रम जारी छ। त्यसैगरी विभिन्न मुलुकले सैन्य अधिकारी र स्वयंसेवकहरु पनि उद्दार तथा पीडितको सहायताका लागि टर्की र सिरिया पठाइरहेका छन्।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Skip This
Skip This
Logo