विवेकशिलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबीच प्रतिस्पर्धा

विवेकशिलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबीच प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

विवेकशिल साझा पार्टीको प्रथम महाधिवेशनका आजदेखी सुरु हुदैँछ ।

पार्टीको प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा व्यक्त गरेका छन् । सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन् । ‘अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसनपछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सो पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले ‘विचार भन्दा माथी देश’ भन्ने फरक प्रतिवेदन पेश गरेपछि विवेकशिल पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिविधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेशन गरेर नयाँ रुप लिन लागेको हो । 
 

Skip This
Skip This
Logo