जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
0
Shares

जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ ।

उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महिनामा बढेको बीओजेले बताएको छ । यो सँगै डिसेम्बरमा वृद्धि दर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ । उक्त अवधिमा आयात मूल्य एक वर्ष अघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ ।

अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येनको भाउ अघिल्लो महिनाको भन्दा कम भए पनि लागत बढाउन प्रयास जारी राखिएको केन्द्रीय बैंकले जनाएको छ। निर्यात मूल्य येनको सर्तमा, रेकर्डिङ अवधिमा ९.० प्रतिशतले बढेको बीओजेले जनाएको छ । कर्पोरेट वस्तुहरूको मूल्य सूचकाङ्कमा भएको वृद्धि विशेषगरी विद्युत, शहरी ग्यास र पानी लगायतका वस्तुहरूको मूल्यमा ४९.७ प्रतिशतले वृद्धि भएको बीओजेको तथ्याङ्क छ। फलाम र इस्पातको मूल्य १९.२ प्रतिशतले बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्य भने यस अवधिमा ८.० प्रतिशतले बढेको बीओजेले जनाएको छ।

Skip This
Skip This
Logo