कोरोना अपडेटः विश्वभरी मृत्यु भएकाहरुको संख्या ६ लाख ८९ हजार

कोरोना अपडेटः विश्वभरी मृत्यु भएकाहरुको संख्या ६ लाख ८९ हजार

केन्द्रबिन्दु
0
Shares

बेइजिङ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आइतबार दिउसोसम्म कुल मृतकको संख्या ६ लाख ८९ हजार भन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या ६ लाख ८९ हजार ७० पुगेको हो ।

त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

Logo