मिडिया हाउसहरू गैरनाफामुलक हुनुपर्छ -प्रवक्ता ढकाल

मिडिया हाउसहरू गैरनाफामुलक हुनुपर्छ -प्रवक्ता ढकाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले समाजवादको लक्ष्यमा पुग्ने कार्यदिशामा अघि बढ्न शिक्षा र स्वास्थ्यभन्दा पहिला सञ्चार गृहहरू गैरनाफामुलक हुनु पर्नेमा जोड दिएका छन् ।

प्रवक्ता ढकालले आज सामाजिक संजाल फेसबुकमार्फत सबैभन्दा पहिला मिडिया हाउसहरू गैरनाफामुलक हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘समाजवादको व्याख्याको क्रममा हामी शिक्षा र स्वास्थ्यमा व्यापारिकरण नभइ गैरनाफामुलक हुनपर्छ भनेर सँधै बहस गर्छौँ । समाजवादको लक्ष्यमा पुग्ने कार्यदिशातर्फ अघि बढ्ने हो भने शिक्षा र स्वास्थ्यभन्दा पहिला मिडिया हाउसहरू (सञ्चार गृहहरू) गैरनाफामुलक हुनपर्छ, यिनीहरूमा व्यापारिक लगानी हुँदा जनतासम्म सूचना सत्य र तटस्थरूपमा पुग्न सक्दैनन् ।’

यस्तै, उनले संवैधानिक समाजवादको व्याख्या गर्ने क्रममा हामी पार्टीभित्र घनिभूत छलफल गर्ने उनले बताएका छन् । पार्टीको नीति र विचार साथै पार्टीले अङ्गिकार गरेको संवैधानिक समाजवादको व्याख्या गर्ने क्रममा पार्टीभित्र सो विषयमा घनिभुत छलफल गर्ने पनि बताएका छन् । उनले लेखेका छन्, लोकतन्त्रलाई व्यापारीहरूले आफूँखुशी व्याख्या गर्छन् र जनतालाई मन्द विष खुवाउँदै दलालितन्त्रतर्फ ढकेल्छन् । पार्टीको नीति र विचार, र पार्टीले अङ्गिकार गरेको संवैधानिक समाजवादको व्याख्या गर्ने क्रममा हामी पार्टीभित्र यस विषयमा घनिभुत छलफल गर्छौँ ।’

Skip This
Skip This
Logo