झापामा हात्ती धपाउन थापेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार जंगली हात्तीबाट जोगिन श्रेष्ठ आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए ।





























प्रतिक्रिया