रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले साउदी क्लब अल हिलाललाई ५–३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो। रियलको जितमा भिनिसियस जुनियर र फेड्रीको भाल्भर्डेले २–२ सगरे भने करिम बेन्जमाले एक गोल गरे । त्यस्तै अल हिलालका लागि लुसिआनो भिएट्टोले दुई गोल गरे भने मोउसा मारेगाले एक गोल गरे।
खेलको १३औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। १८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। २६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो। ५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए। ५८औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४–१ को स्थितिमा पुर्याए।
६३औं मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए। तर ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरे। ७९औं मिनेटमा लुसियानो डारियो भिट्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
योसँगै रियल म्याड्रिडले फिफा विश्वकपको उपाधि सबैभन्दा बढी पाँच पटक जितेको छ। रियलले यसअघि २०१४, २०१६, २०१७, २०१८ मा उपाधि जितेको थियो।































प्रतिक्रिया