काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता भइरहेको छ ।
बिहान ९ः५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षद्वयबीच छलफल शुरु भएको हो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता पनि सहभागी भएको बताइएको छ ।
पार्टीमा रहेको आन्तरिक विवाद मिलाउने कसरतमा रहेका शीर्ष नेताहरु आज पनि प्रयास गरिरहेका छन् ।





























प्रतिक्रिया