अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर नेपाल भ्रमणमा आइपुगेकी छन् । सोमबार उनी काठमाडौंमा अवतरण गरेकी हुन् ।
दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्रीसमेत रहेकी उनले नेपालमा रहँदा प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ । सो क्रममा विवादीत बनेर अघि नबढेको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे छलफल हुनसक्ने स्रोतको भनाइ छ।
पछिल्लोसमय नेपालमा अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने कूटनीतिज्ञहरूको भ्रमण बाक्लिएको छ । यसअघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपालको भ्रमण गरिसकेका छन् ।































प्रतिक्रिया