दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम सम्पन्न

दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ट्रिटन इन्टरनेशनल कलेजको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापिका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ ट्रिटन नमुना संसद कार्यक्रम आयोजना गरिएको हो ।

काठमाडौँ उपत्यका सहित देशका ३५ वटा कलेजमा कानुन संकाय अध्ययरत १६५ जना विध्यार्थीहरुको सहभागीतामा ट्रिटन नमुना संसद कार्यक्रमको दोस्रो संस्करण माघ २८ र २९ गते शुभश्री कलेज अफ म्यानेजमेन्टको सभा हलमा आयोजना गरिएको थियो ।

दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम सम्पन्न‍ट्रिटन नमुना संसदका लागि गत माघ २८ गते प्रशिक्षक विनोद खत्रीले १ सय ६५ जना सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए । त्यसपश्चात् माघ २९ गते भएको नमुना संसदमा भने छनोट भएका जम्मा ८८ जना विद्यार्थीहरु मात्रै सहभागी भएका थिए । कलेजका सिइओ ऋतु न्यौपानेले ट्रिटन नमुना संसद कार्यक्रमले कानुन पढ्ने विद्यार्थीलाई संसद भित्रको अभ्यास कसरी हुन्छ र कसको सजम्मेवारी के रहन्छ भन्ने बारे जानकारी दिन सफल भएको बताइन् ।

नमुना संसद कार्यक्रममा सहभागीहरुलाइ स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विशेष समय तथा नेपाल नागरिकता (संसोधन विधेयक),२०७९ पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधन पेश हुँदै पारित समेत गरिएको थियो ।

कार्यक्रम समापन समारोहको पूर्वउपसभामुख एवं कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले मन्तव्यको क्रममा यस्ता कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै नेपालको संसदमा भएका कमी कम्जोरी हरुलाइ समेत सुधार गरि अझै परिष्कृत रुपमा युवाहरुले यस्ता कार्यक्रमहरु विद्यालय स्तरीय, नगर स्तरीय, प्रदेश स्तरीय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने बताइन् । उनले यस्ता कार्यक्रमहरुले देशको योग्य जनप्रतिनिधि जन्माउने धारणा राखिन् ।

त्यसैगरी भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका अध्यक्ष दौलथ राइले मन्तव्यको क्रममा राज्य संरचना तथा राज्य संचालनबारे जानकारी गराउने यस्ता कार्यक्रमहरु अझै व्यापक रुपमा प्रत्येक स्थानीय तहहरुमा समेत आयोजना हुनुपर्ने र यस्ता कार्यक्रमले उत्कृष्ट सचेत नेतृत्व उत्पादन गर्ने भनाइ व्यक्त गरे ।

11.jpgनयाँ युवा नयाँ सोच, नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द दिप मडैका अनुसार यस प्रतियोगितामा ३ वटा विधाहरु पुरस्कार स्वरुप राखिएको यस कार्यक्रममा उत्कृष्ट बहसकर्ता एलिशा शाही (एड मार्क एकेडेमी), सान्त्वना पुरस्कार समीर लामिछाने (कुमारवर्ती बहुमुखी क्याम्पस), उत्कृष्ट अनुसन्धानकर्ता स्मृति शर्मा (ट्रीटन कलेज), सान्त्वना पुरस्कार निशा घिमिरे (ह्वाइट हाउस कलेज) तथा उत्कृष्ट नेतृत्वकर्ता दृश्या काफ्ले (के एम सी, बागबजार), सान्त्वना पुरस्कार रामकृष्ण अधिकारी (के एम सी बालकुमारी)ले हात पार्न सफल भएका छन् ।

ट्रिटन कलेजका कानुन तथा व्यवस्थापन संकाय संयोजक कमान सिङ आर सिका अनुसार कार्यक्रमको तेस्रो संस्करण अझै धेरै कलेजहरुको सहभागीतामा ट्रिटन कलेजले आयोजना गर्नेछ ।

Skip This
Skip This
Logo