आज साँझ ७ बजेसम्म निःशुल्क ट्याक्सी चढ्न पाइने

आज साँझ ७ बजेसम्म निःशुल्क ट्याक्सी चढ्न पाइने

केन्द्रबिन्दु
0
Shares

ट्याक्सीमान्डुले आज साँझ ७ बजेसम्म निःशुल्क सेवा दिने भएको छ ।

यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलनलाई समर्थन गर्दै राइड शेयरिङ एप ट्याक्सीमान्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो । ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले ट्याक्सीमान्डु एपमार्फत निःशुल्क सेवा लिन सकिने जानकारी दिए ।

निः शुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नुपर्ने पनि केसीले बताए । ट्याक्सीमान्डु सम्पूर्ण रूपमा स्वदेशी लगानीमा सञ्चालित राइड शेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । उनीहरुले मंगलबार बिहान उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका थिए । यद्यपी, यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिइसकेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान सिंहदरबारमा भएको वार्तामा मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको हो ।

Skip This
Skip This
Logo