बैंकले अनुमतिबिना सेवा शुल्क लिए ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने

बैंकले अनुमतिबिना सेवा शुल्क लिए ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तिय संस्थाले अनुमतिबिना सेवा शुल्क लिए १० प्रतिशत थपेर सेवाग्राहीलाई दिनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले अनुमतिबिना सेवाग्राहीसँग सेवाशुल्क लिएमा सो सेवा शुल्कमा १० थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको हो । सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा गुनासो गर्न मिल्ने व्यवस्था गर्न र दर्ता गरिएको गुनासो सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

Skip This
Skip This
Logo