१७ लाख भारतीय नोटसहित एक जना पक्राउ

१७ लाख भारतीय नोटसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

१७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान दशगजाक्षेत्रबाट मटिहानी नगरपालिका-८ का २९ वर्षीय महेश यादवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीले यादवले चलाउँदै आएको ज६प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार यादवको साथबाट भारतीय नोट ५०० सयको ३४ सय थान (३४ बन्डल) १७ लाख भारतीय नोट (नेपाली रुपैयाँ २७ लाख २० हजार) बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी सन्तोष पोखरेलले बताए।

पक्राउ परेका यादवलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने डिएसपी पोखरेलले जानकारी दिए । 

Skip This
Skip This
Logo