संसद्मा उठ्यो नयाँ बसपार्क घटना, दोषीलाई तत्काल कारबाही गर्न सांसदहरुको माग

संसद्मा उठ्यो नयाँ बसपार्क घटना, दोषीलाई तत्काल कारबाही गर्न सांसदहरुको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन् । 

बुधबार जारी प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । तर, अहिलेसम्म सो घटनाको योजनाकार पक्राउ नपरेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले प्रदर्शनकारीबाट भएको लुटपाट र तोडफोडको क्षति व्यवसायीलाई उपलब्ध गराउन पनि माग गरे । 

काठमाडौंमै सरकारले उचित र व्यवस्थित सुरक्षा व्यवस्था गर्न नसक्दा सरकारी र व्यक्तिको सम्पत्तिमा क्षति पुगेको सो घटनाले देशको सुरक्षा व्यवस्थालाई दर्साएको उनीहरुको भनाइ छ । 

उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरु शिशिर खनाल, शंकर भण्डारी,  डा. प्रकाशरण महतसहितका सांसदले माग गरेका हुन् । 

Skip This
Skip This
Logo