काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद पदका लागि नभएको बताएका छन् । शनिबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
भ्रष्टाचार विरोधी उप–सचिव प्रेम सञ्जेलमाथि कुटपिट भएको छ । शनिबार श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि उनकै कार्यकक्षमा कुटपिट गरिएको हो । बिहान ११ बजेतिर सोही कार्यालयमा काम गर्ने दुई जना महिला कर्मचारीहरुले उनीमाथि कुटपिट गरेका हुन् ।
नेपालमा कृषि बालीमा मापदण्डअनुसार विषाधीको प्रयोग नगर्दा वातावरण र मानवीय जीवनमा जोखिम बढ्दै गएको छ । सरकारी मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरण तथा मानवीय जीवनमा जोखिम बढ्दै गएको हो ।
पछिल्लो समय बैंकिङ अपराधका घटनाको शैली फेरिन थालेको छ । सजिलै पैसा कमाउन बैंकिङ अपराधका विभिन्न तौर तरिकाहरु अपनाउँदै ह्याकरले बैंकका प्रतिष्ठित व्यक्तिहरुको फेसबुक ह्याक गरी पैसा माग्न थालेका छन् ।
भिडिओ शेयरिङ एप टिकटकलाई अमेरिकाले प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका हुन् । उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुन सक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गर्दै आएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया