टर्की भुकम्पः २२२ घन्टापछि एक महिलाको जिवितै उद्धार

टर्की भुकम्पः २२२ घन्टापछि एक महिलाको जिवितै उद्धार

केन्द्रबिन्दु
0
Shares

टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन् ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको छ । टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घन्टा पछि उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए । त्यसअघि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो ।

Skip This
Skip This
Logo