सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा र सभामुख घिमिरे अस्पतालमा

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा र सभामुख घिमिरे अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका हुन् ।  बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

शरीरको ३० प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । सांसद भण्डारीको सचिवालय स्रोतका अनुसार उनलाई मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगेर उपचार गर्नेबारे छलफल भइरहेको छ। एयर एम्बुलेन्स ल्याउन ढिलाइ हुने भएकोले श्री एयरलाइन्सको जहाज चार्टर गरी सांसद भण्डारी र उनकी आमालाई मुम्बई लैजाने तयारी भइरहेको छ।

Skip This
Skip This
Logo