संसदलाई ‘बिजनेश’ नदिएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना

संसदलाई ‘बिजनेश’ नदिएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका सांसदहरुले संसदलाई ‘बिजनेश’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । 

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरुको कार्यशैलीप्रतिनै असन्तुष्टि जनाए । बिहीवार सिंहदरवारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

उनले बैठक भनेर समय बिताउने मन्त्रीहरुको तौरतरिका ठिक नभएको बताए । उनले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराए । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘विजनेश’नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले निजामती कर्मचारी ऐन कहाँ छ ? भनी सरकारलाई प्रश्न समेत गरिन् । 

सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् ।  

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भिर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । उनले महिला जनप्रतिनिधिहरु संघीयताको भावना अनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहो-याइन् । 

Skip This
Skip This
Logo