ड्रिम हाइ नेपालले ‘दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९’को तयारी पूरा भएकाे जनाएकाे छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड यतीमा आयोजना हुने अवार्डमा कूल ११ विधामा नगद राशिसहित प्रदान गरिने र त्यसमध्ये १० विधामा उत्कृष्ट टप थ्री मनोनयन गरिएकाे अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए ।
“नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, उनले भने ।
अवार्डमा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व वरिष्ठ संचारकर्मी कृष्ण ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) र वरिष्ठ पत्रकार भुषण दाहाललाई दशकको उत्कृष्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने जिसीले जानकारी दिए । उनका अनुसार दोस्राेपटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उधमी तथा समाजसेवी लगायतलाई पनि सम्मान गरिने उनले जानकारी दिए ।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट ३ को नामावली जुरी समूहको वरियतामा रहने गरि सोहि कार्यक्रमकै दिन सार्वजनिक गरिने आयोजकले जनाएकाे छ ।































प्रतिक्रिया