देउखुरीमा चितुवा आतङ्क

देउखुरीमा चितुवा आतङ्क

केन्द्रबिन्दु
0
Shares

देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । 

लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए ।  “राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो”, अधिकारीले भने।

यस्तै लमही नगरपालिका–३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदिएको छ । डाँगीले चरिचरनका लागि जङ्गल लग्नुभएको थियो । त्यस्तै मङ्गलबार राति नै लमही नगरपालिका–३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको कुमालको भनाइ छ ।

विगत डेढ महिनाअघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतङ्क बढेको छ । सामान्य घर खर्चका लागि पालिएकादेखि व्यावसायिकरूपमै फार्म खोलेर पालिएका बाख्रा चरिचरनका लागि जङ्गल लैजाँदा दैनिकरूपमा चितुवाले खाइदिने गरेको यहाँका बाख्रापालक किसानको गुनासो छ ।

दिनानुदिन बढ्दै गएको चितुवा आतङ्कले किसान चिन्तित र त्रसित बनेका छन् । यसअघि पनि लमही नगरपालिका–३ का लोकमणि बन्जाडेले जङ्गल चराउन लगेका तीनवटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो । चितुवाले बाख्रा मारिदिने त्रासले किसान अचेल बाख्रा लिएर जङ्गल जान छाडेका छन् ।

यता दैनिकजसो चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पु-याउन थालेको किसानले गुनासो गर्न थालेपछि प्रक्रिया पूरा गरेर वन कार्यालयमा निवेदन दिए क्षतिपूर्ति उपलब्ध हुने डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सूचना अधिकारी छोटेलाल चौधरीले बताए । 

बाख्रा लिएर किसान जङ्गल जान छाडेपछि चितुवा गाउँमै पसेर वस्तुभाउमाथि आक्रमण गर्न थालेको छ । 

Skip This
Skip This
Logo