अभिनेत्री सुरक्षा पन्त प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
सुरक्षा र मानवले आउँदो फागुन २५ गते चितवनमा विवाह गर्ने बताइएको छ । विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने उनीहरुको तयारी छ ।
सुरक्षा र मानवको सहकार्यमा पछिल्लो पटक बादलहरु बोलको भिडियो सार्वजनिक भएको थयो । सुवेदीले अन्तराल फिल्मबाट अभिनय यात्रा सुरु गरेको भएपनि उनको लगाव पछिल्लो समय निर्देशन र गीत संगीतमा देखिन्छ ।































प्रतिक्रिया