सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ किनबेच ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

Skip This
Skip This
Logo