रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि रेलमा यात्रारत एक सय २५  सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । 

दुर्घटनाको अनुसन्धान भइरहेको छ । -सिन्ह्वा

Skip This
Skip This
Logo