गएराति गुल्मीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

गएराति गुल्मीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।

जिल्लाको रूरूक्षेत्र गाउँपालिका ५ मा गए राति पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

स्थानिय ३० वर्षिया बिना माझी, उनका ९ र ७ वर्षका दुई छोरा र १० महिनाकी छोरीको मृत्यु भएको हो । बिनाका​ श्रीमान राजु माझी भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रहरी टोली राति नै घटनास्थल गएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । घटना राति ८ बजे भएको थियो । हाल शवहरु पहिरोबाट निकालिएको र पोष्टमार्टमका लागि अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo