पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन् ।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा बुधवार दिउँसाे साे भेटवार्ता भएकाे हाे । भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । साथै राजदूत सोङले राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।
उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमासमेत कुराकानी भएकाे बताइएकाे छ । भावी राष्ट्रपति निर्वाचनले राजनीति गर्माएका बेला याे भेट अर्थपूर्ण पनि मानिएकाे छ ।





























प्रतिक्रिया