एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको हालै सम्पन्न संचालक समितिको १२०औं बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । उनको सो लामो कार्य अनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएको बताइएको छ ।
यस एनआईसी एशिया क्यापिटलले आव २०७९/०८० को दोश्रो त्रैमाससम्म्म रु.५ करोड ६१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आव २०७९/०८० को दोश्रो त्रैमास अन्त्यसम्म एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु संचालन गरिरहेको छ ।





























प्रतिक्रिया