ललितपुर महानगरको चेतावनी– ७ दिन भित्र इन्टरनेट र टेलिफोनका तार नहटाए कारबाही हुन्छ

ललितपुर महानगरको चेतावनी– ७ दिन भित्र इन्टरनेट र टेलिफोनका तार नहटाए कारबाही हुन्छ

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार ७ दिन भित्र हटाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएपछि महानगरले सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र हटाउन भनेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं । महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।’

यदि सात दिनभित्र तार नहटाए कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ ।

Skip This
Skip This
Logo